३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

अपाङ्गता भएकालाई सीप र अवसरको खाँचो

अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र अवसर आवश्यक रहेको एक कार्यक्रमका सहभागिले बताएका छन्। अपाङ्गताभएका व्यक्तिहरूको रोजगारीको क्षेत्रमा कार्यरत फाउड परियोजनाले परियोजनाको सहयोगमा स्वरोजगार बनेका व्यक्तिहरूसँग विराटनगरमा आयोजना गरेको अन्तक्र्रियामा सहभागिहरूले सीप र अवसर  पाए अन्यव्यक्तिहरू सरह काम गर्न सक्ने बताएका हुन्।  

कार्यक्रममा फाउड परियोजनाको सहयोगमा आत्मनिर्भर बनेका व्यक्तिहरूले परियोजनाले थप सहयोग गरे व्यवसाय बिस्तार गरेर अन्य व्यक्तिहरूलाई पनि रोजगारी दिन सक्ने बताए। कार्यक्रममा सुनसरी बर्जु-६ की चैतीदेवी चौधरीले परियोजनाको सहयोगमा चिया खाजाको पसल सञ्चालन गरेर राम्रो आम्दानी गर्न सफल भएको बताइन्। उनले विगतमा सागसब्जीको पसल गर्दै आएकोमा हाल परियोजनाको सहयोग पाएर खाजा नास्ताको पसल पनि थप गरेको  जानकारी दिइन्। 

व्यवसाय बिस्तार गरेसँगै आम्दानी पनि मनग्गै बढेको उनको भनाई छ। ‘पहिले दैनिक ३ हजारसम्मको व्यापार हुनेगरेकोमा व्यवसाय बिस्तार गरेपछि दैनिक ८ हजार रुपैयाँसम्मको व्यापार भइरहेको छ ’ उनले भनिन्। उनले मात्रै हैन परियोजनाको सहयोगमा होमोफेलियाबाट पिडीत मोरङ वेलवारी–४ का भुवन सिंह कार्कीले पनि ४ जनाको समूह बनाएर मौरी पालन व्यवसाय सुरू गरेका छन्। 

परियोजनाको सहयोगमा खरिद गरेको ९ वटा घारबाट एक सिजनमा एक लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको कार्कीले बताए। उनले विगतमा पनि थोरै घार राखेर मौरिपाल गरिरहेको र फाउड परियोजनाको सहयोगमा व्यवसाय बिस्तार गरी आम्दानी बढाउन सफल भएको बताए। उनले भने ‘फाउड परियोजनाबाट वीउपूँजी पाएपछि व्यवसाय बिस्तार गरेर हाल २४ घार मौरी पु¥याएका छौं।’  

कार्यक्रममा अन्य सहभागिहरूले पनि अपाङ्गता भएको व्यक्तिहरू परियोजनाले अवसर  र प्रोत्सहन गर्दा आत्मनिर्भर बन्नसफल भएको बताए। फाउड परियोजनाका प्रदेश १ संयोजक विपिन दासले परियोजनाले अपाङ्गता भएका व्यक्तिहरूलाई स्वरोजगार बन्न २० हजार रुपैयाँ देखि ५० हजार रुपैयाँसम्म वीउ पूँजी अनुदान सहयोग गर्दै आएको जानकारी दिए। 

उनले वीउ पूँजी दिएर स्वरोजगार मात्रै बनाउने हैन प्रत्यक्ष रोजगारीमासमेत जोड्न परियोजनाले सहयोग गर्ने बताए। उनका अनुसार परियोजनाले विभिन्न  ५ क्षेत्रमा सहयोग गरिरहेको जानकारी दिए। उनले भने‘ परियोजनाले स्वरोजगारका लागि वीउपूँजी, सीप विकास, क्षमता अनुसार प्रत्यक्ष रोजगारीसँग जोड्नेलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ।’  

कार्यक्रममा उद्योग बाणिज्य महासंघ प्रदेश १ का कार्यक्रम संयोजक वीरेन्द्र यादव, अपाङ्ग महासंघ प्रदेश १ की फिल्ड  संयोजक जानुका कटुवाललगायतले अपाङ्गता भएका व्यक्तिहरूलाई सीप र अवसर दिए उनिहरू पनि  अन्य व्यक्ति सरह काम गर्न सक्ने धारणा राखे।

प्रकाशित: ४ फाल्गुन २०७८ १३:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App