२७ फाल्गुन २०८१ मंगलबार
image/svg+xml
समाज

ताप्लेजुङका कुन स्थानीय तहमा कति मतदाता थपिए?

२०७४ सालको स्थानीय तहको निर्वाचनको तुलनामा अहिले २० हजार बढी मतदाता बढेको ताप्लेजुङका सबै स्थानीय तहमा मतदाता थपिएका छन्। आठराइ त्रिवेणी गाउँपालिकाको अहिलेको मतदाता संख्या ९ हजार ८ सय ४५ रहेको छ।

२०७४ सालमा त्यहाँ ७ हजार ८ सय ९५ मतदाता रहेका थिए। त्यहाँ १ हजार ९ सय ५० मतदाता थपिएका छन्। यस्तै २०७४ सालमा ६ हजार ८ सय ९५ मतदाता रहेको फक्ताङ्लुङ गाउँपालिकामा अहिलेको मतदाता संख्या ९ हजार ७ रहेको छ। त्यहाँ २ हजार १ सय १२ जना मतदाता थपिएका छन्। फुङ्लिङ नगरपालिकाको अहिलेको मतदाता संख्या १७ हजार ३ सय ४७ रहेको छ।

२०७४ सालमा १३ हजार १ सय ८५ मतदाता रहेको फुनपामा ४ हजार १ सय ६२ मतदाता थपिएका छन्। यस्तै मिक्वाखोला गाउँपालिकामा अहिले ७ हजार १४ जना मतदाता छन्। २०७४ सालमा ४ हजार ९ सय ६४ मतदाता रहेकोमा त्यहाँ अहिले २ हजार ५० जना मतदाता थपिएका छन्। मैवाखोला गाउँपालिकाको अहिलेको मतदाता संख्या ७ हजार ९ सय ३० रहेको छ।

२०७४ सालमा त्यहाँ ६ हजार ९० जना मतदाता रहेकोमा अहिले १ हजार ८ सय ४० जना मतदाता थपिएका छन्। अहिले ८ हजार ७ सय ६८ मतदाता रहेको मेरिङ्देन गाउँपालिकामा २०७४ सालमा ६ हजार ७ सय ५१ मतदाता रहेका थिए। त्यहाँ अहिले २ हजार १७ मतदाता थपिएका छन्। २०७४ सालमा ७ हजार ८ सय ८४ मतदाता रहेको पाथीभरा याङ्वरक गाउँपालिकामा अहिलेको मतदाता संख्या १० हजार ८६ पुगेको छ। त्यहाँ २ हजार २ सय २ जना मतदाता थपिएका छन्।

२०७४ सालमा ७ हजार ३ सय ८८ मतदाता रहेको सिदिङ्वा गाउँपालिकामा अहिले ९ हजार ६१ जना मतदाता छन्। त्यहाँ १ हजार ६ सय ७३ जना मतदाता थपिएका छन्। सिरिजङ्गा गाउँपालिकाको अहिलेको मतदाता संख्या ११ हजार ८ सय ७६ रहेको छ। त्यहाँ २०७४ सालमा ९ हजार ७ सय २७ मतदाता थिए । यसो गर्दा सिरिजङ्गामा २ हजार १ सय ४९ जना मतदाता थपिएका छन्। ताप्लेजुङमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा भन्दा २० हजार १ सय ५६ मतदाता थपिएका छन्। 

प्रकाशित: ४ फाल्गुन २०७८ ०८:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App