२४ वैशाख २०८१ सोमबार
image/svg+xml
समाज

उपचाररत सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

वाङ्मय शताब्दी पुरुष एवम् संस्कृतिविद् डा.सत्यमोहन जोशीको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

किस्ट अस्पतालमा उपचाररत जोशीको (हिजो) मंगलबार स्वाब पीसीआर परीक्षणका लागि पठाएकोमा कोभिड–नेगेटिभ पाइएको अस्पताल प्रशासनले आज एक विज्ञप्तिमार्फत जानकारी दिएको छ।

हिजो श्वासप्रश्वासमा समस्या देखिएपछि जोशीलाई किस्ट मेडिकल कलेजमा भर्ना गरिएको थियो। हिजो बेलुकी गरिएको इकोकार्डियोग्राफीको रिपोर्ट अनुसार जोशीको मुटुमा समस्या देखिएकाले त्यसको पनि उपचार भइरहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ।

अस्पतालमा उपचारका क्रममा उनको छातीमा नियोनिया संक्रमण देखिएको थियो। अहिले त्यसको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

प्रकाशित: २६ माघ २०७८ ११:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App