१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

हिउँ खेल्न गएका दुई जना बालक पाँच दिनदेखि सम्पर्कविहीन

हिउँ खेल्न गएका बारपाकका दुईजना बालक पाँचदिनदेखि सम्पर्कविहीन भएका छन्। पाँच दिनअघि लाप्राक गएका बरपाक सुलिकोट गाउँपालिका– १ का १६ वर्षिय साईला घले र वडा नम्बर २ का सोही उमेरका करन घले सम्पर्कविहीन भएका हुन्।  

माघ २० गते हिउँखेल्न गएका उनीहरु घर नर्फकेपछि बल्ल परिवारले खोजी गरिदिन बारपाक चौकी र जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका छन्। हिउँ खेल्न गएर सम्पर्कविहीन भएका दुईजना बालकको खोजी तिब्र बनाइएको र उनीहरुले बोकेको मोवाईल ट्रयाकिङ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। मोवाईमा फोन सम्पर्क भने हुन सकेको छैन। 

प्रकाशित: २५ माघ २०७८ ०७:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App