१६ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा जडीबुटी संकलन गर्न गएका ५५ जना सम्पर्कविहीन

कठ्याँग्रिएर दुई जनाको मृत्यु

बिहीवारदेखि परेको भारी हिमपातमा परेर जुम्लाको तातोपानी गाउँपालिका ८ टोप्ला गाउँका ५५ जना सम्पर्कविहीन छन्। दुई जनाको कठ्याँग्रिएर मृत्यु भएको छ। जडीबुटी संकलनका लागि पाटन क्षेत्रमा प्रवेश गरेका उनीहरु कसैको सम्पर्कमा छैनन्। पाटनमा रहेको गाग्री ओढार र ऐडि ओढारमा बसेको हुन सक्ने अनुमान गरिएको छ।

गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले ५५ जना सम्पर्कमा नरहेको बताए। उनले भने,‘उनीहरुसंग कुनै सम्पर्क हुन सकेको छैन। तर हिउँ पर्दै घर फर्केका व्यक्तिहरुले दुई ओढारमा बसिरहेको सुचना दिएका छन्। सोही बमोजिम सुर्खेतबाट उद्धारका लागि हेलिकप्टर जान लागेको छ। ’ उनीहरु भोकभोकै रहेकोले सिलिण्डर, आगो, चामल, ड्राइफुट लिएर हेलिकप्टर जान लागेको छ। यो विपदको घटनामा नागरिकको समयमै उद्धार गर्न सम्बन्धित सरोकारवाला निकायालाई आग्रह गरिएको छ।

मृतक दुई जनालाई घरमा पुर्याइसकिएको छ। गाउँमा ५५ जना हराएपछि गाउँ निकै चिन्तित छ। प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाले सबै मिलेर उद्धारको आवश्यकता रहेकोमा जोड दिए। उद्धार तथा राहतमा साथ दिन सबैलाई अपिल गरेका छन्।  

प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले स्थानीयले ओढारमा सुरक्षित भएको र खाद्यन्न अभाव भएकोले पुर्याइदिन आग्रह गरेको बताइन्। उनले भनिन्,‘जसका लागि आवश्यक खाद्यन्न ल्याएर सुर्खेतबाट हेलिकप्टर उड्ने तयारीमा छन्।’

बाक्लो हिमपात भएकोले आउन सक्नु भएन। स्थानीयले सुरक्षितरुपमा बसेका छन् भनेका छन्। उनले भनिन्,‘हेलिकप्टर बस्न सकेको खण्डमा उद्धार हुन्छ। सहजै रुपमा बस्न नसकेको खण्डमा खाद्यन्न पुर्याएर फर्कने कार्यक्रम छ। हिउँ कम भएपनि उद्धारको काम अघि बढ्नेछ। ’ सेतक चिनी नामक जडिबुटी संकलनका लागि स्थानीय पाटन क्षेत्र पुगेका थिए।

प्रकाशित: २३ माघ २०७८ ०४:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App