१० जेष्ठ २०८१ बिहीबार
image/svg+xml
समाज

भोजपुरमा ब्राउन सुगरसहित दुई ट्रक र चालक पक्राउ

जिल्ला प्रहरी कार्यालयले खैरो हेरोइन (ब्राउन सुगर)सहित दुई जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले दुई मालबाहक ट्रकमा खैरो हेरोइन भेटिएपछि दुवै चालकलाई नियन्त्रणमा लिएको हो।

सदरमुकाम नजिकैको दुम्सिकास्थित को१ख ६२३२ र ना६ख ७४७८ नंको ट्रकमा ब्राउन सुगर लुकाएर लग्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी अर्जुनकुमार अधिकारीले बताए।

उनीहरूका साथबाट करिब दुई ग्राम एक मिलीग्राम ब्राउन सुगर र रु ८३ हजार ६०० नगद बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा ट्रक चालक धनकुटा नगरपालिका घर भई मोरङ केराबारी बस्दै आएका २९ वर्षीय सुमन तामाङ र स्खुवासभा धर्मदेवी नगरपालिका–५ बस्ने ३७ वर्षीय दलबहादुर मगर रहेका छन्। नियन्त्रणमा लिइएका दुवै ट्रक भोजपुरबाट धरान जाँदै गरेका थिए। 

प्रकाशित: १४ माघ २०७८ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App