८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

भारतीय सहयोगका ७५ परियोजना यसै वर्ष उद्घाटन गरिने

भारतको ७३औं गणतन्त्र दिवसका अवसरमा भारतीय राजदूतावासमा मंगलबार आयोजित कार्यक्रममा सहयोग हस्तान्तरण गर्दै नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा। तस्बिर सौजन्यः  भारतीय दूतावास

नेपालमा भारतीय सहयोगमा निर्माण भइरहेका विभिन्न ७५ वटा परियोजनाको यसैवर्ष उद्घाटन गरिने भएको छ।

भारत स्वतन्त्रताको ७५औं वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’अन्तर्गत प्रदेश तथा जिल्लामा कार्यान्वयन भएका ७५ वटा विकास परियोजनाको यसै वर्ष उद्घाटन गर्ने योजना रहेको भारतीय दूतावासले जनाएको छ।

काठमाडौंस्थित भारतीय राजदूतावासमा बुधबार भारतको ७३औं गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिइएको हो। नेपालमा पनि ‘इन्डिया एट ७५’लाई कोशेढुंगा बनाउनका लागि यस्तो गर्न लागिएको दूतावासले जनाएको छ।

भारतले आजादीका अमृत महोत्सवअन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्ट महिनासम्म विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ। भारतको ७३ औं गणतन्त्र दिवसका अवसरमा काठमाडाैँमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए।

त्यसलगत्तै उनले भारतीय राष्ट्रपतिको सन्देश पढेर सुनाएका थिए। राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई ६ करोड ३५ लाख नगद तथा कम्बल वितरण गरी सम्मान गरेका थिए। त्यस्तै दूतावासले देशभरका विभिन्न संस्था तथा स्थानीय निकायलाई ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहारस्वरूप प्रदान गर्ने जनाएको छ।

प्रकाशित: १३ माघ २०७८ ०१:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App