२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

हत्या आरोपमा १ जना पक्राउ

मोरङको कटहरीका एक युवकको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कटहरी गाउँपालिका–३ का झप्पु भन्ने २८ वर्षीय अशोक ऋषिदेवको हत्यामा २ जना संलग्न रहेको प्रहरीले जनाएको छ। 

ऋषिदेवको हत्या आरोपमा कटहरी–३ कै ३८ वर्षीय शेखर राजवंशी पक्राउ परेका छन् भने अर्का १ जना फरार भएको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए। काम सकिएपछि शनिबार कटहरीको एउटा रक्सी भट्टीमा मदिरा खाएपछि घटनाको सुरुवात भएको हो। 

रक्सी खाएर पसलबाट बाहिर आएपछि करिब राति साढे ८ बजेतिर सामान्य विषयमा विवाद हुँदा राजवंशी र अर्का एक जना मिलेर ऋषिदेवलाई आक्रमण गरेको डिएसपी मुकारुङले बताउँदै भने, ‘२ जना मिलेर गरेको आक्रमणबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।’ 

हत्या गरेपछि उनीहरुले कटहरी–३ स्थित रिङ रोडको नहरमा शव र उनको साइकल फालेर भागेका थिए।पक्राउ परेका राजवंशी र अर्का फरार भएकाविरुद्ध ज्यान सम्बन्धी कसुरमा मुद्दा चलाउनका लागि म्याद थप गरी अनुसन्धान थालेको र फरार भएको व्यक्तिको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ माघ २०७८ १०:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App