१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

१६ वर्षीया किशोरीले गरिन् आत्महत्या

भक्तपुर नगरपालिका वडा नं. २ व्यासी बस्ने १६ वर्षीया किशोरीले आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेकी छिन्।

शुक्रबार दिउँंसो साढे दुई बजे कृष्णप्रसाद कोजूको साढे चार तल्ले पक्की घरको चौथो तल्लामा निजकै छोरी वर्ष १६ की जेशिका आफ्नै कोठाको सिलिङको हुकमा नाइलनको डोरीले पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी परिसर भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटी गई अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए।

प्रकाशित: ७ माघ २०७८ १४:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App