२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्करपियो त्रिशुलीमा खस्दा सातजना घाइते

नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–६ तीन नम्बर पुलबाट स्करपियो त्रिशूलीमा खस्दा सात जना घाइते भएका छन्। नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको बा १३ च ४३६५ नम्बरको स्करपियो अन्दाजी ६ः०० बजेतिर खसेको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओप्रसाद अधिकारीका अनुसार सवारी चालकसहित घाइते सबैलाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै छ। दुर्घटनाको कारण खुलेको छैन। रासस

प्रकाशित: ३० पुस २०७८ १४:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App