coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

बाघको पञ्जाबाट भागेकी महिला भन्छिन्: नयाँ जीवन पाएँ

राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ बैजापुर (नयाँ बस्ती) बाँके निवासी ३० वर्षकी महिला दुर्गा थारुलाई बुधबार बिहान बाघकोआक्रमणबाट त बच्न सकिनन् तर बाघको पञ्जाबाट उम्किन सफल भइन्। गौरी सामुदायिक वनको कोल्टेपानी भन्ने स्थानमा पात टिप्न गएका बेला उनि बाघको आक्रमणमा परेकी थिइन्।

बाघबाट बाचेर आफूले नयाँ जीवन पाएको उनले बताइन्। बाघको पन्जाले उनको शरिरका विभिन्न भागमा घाउ बनाएको छ। उनको राप्ती सोनारी अस्पताल बैजापुरमा उपचार गरिएको छ।

बाघको आक्रमणपछि बैजापुरका स्थानीय बासिन्दा निकै त्रसित भएका छन्। केहीदिन अघि मात्र राप्ती सोनारी ५ र ६ को जंगलमा एक जना शिक्षकलाई झम्टिएको थियो।

प्रकाशित: २१ पुस २०७८ ०८:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App