१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय प्रकृति संरक्षण कोष सदर चिडियाखानाले २६ औं वार्षिकोत्सव मनाएको छ। कोषले बुधबार ललितपुरमा एक कार्यक्रमको आयोजना गरेर सदर चिडियाखानाको २६ औं वार्षिकोत्सव मनाएको हो। 

उक्त कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितकलाले भरिएको ललितपुरमा नेपालको एक मात्रै चिडियाखाना हुनु ललितपुरको विशेषता भएको बताए। उनले चिडियाखाना ललितपुर महानगरको एउटा विशेषता नै भएको बताए। मेयर महर्जनले चिडियाखानाको थप व्यवस्थित रुपमा विकास गर्नु पर्ने आवश्यकता औंल्याए।  

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष डा. कृष्णप्रसाद ओलीले चिडियाखाना मुख्य चार वटा उदेश्यले सञ्चालन भइरहेको बताए। उनले कोषले जङगली जनावरको विषयमा शिक्षा दिने काम गर्ने गरेको बताए। ओलीले कोषले जङगली जनावर तथा प्रकृति संरक्षणको विषयमा नेपालको १३ जिल्लामा पाठयपुस्तकमा समावेश गराएको जानकारी दिए।

वार्षिकोत्सवको अवसरमा कोषले चिडियाखाना काम गर्ने उत्कृष्ट कर्मचारीहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण समेत गरेको छ।

प्रकाशित: १४ पुस २०७८ १०:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App