coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मोटरसाईकल चोरीमा संलग्न ७ जना पक्राउ

काठमाडौंमा मोटरसाईकल चोरी कार्यमा संलग्न ७ जना गिरोह पक्राउ परेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार रामशाहपथस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी मोटरसाईकल चोरी कार्यमा संलग्न सो गिरोहलाई पक्राउ गरी सार्वजनिक गरेको हो। 

गएराति काठमाडौंको बबरमहलबाट उनीहरुलाई पक्राउ गरी थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउन लागिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक संजिव शर्मा दासले जानकारी दिए। उनले ने, ‘बेलुका बबहमहलबाट चोरेको मोटरसाईकल चोरसहित हामीले पक्राउ गर्न सफल भयौं। यो ७ जना भनेको चाँही काठमाडौंको ठूलै गिरोह हो। बाँकी अनुसन्धानको पाटो भएकाले उनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसरमा बुझाउने काम हुनेछ।’

त्यस अवसरमा महाशाखाले गत असार महिनायता चोरी भएका १८४ वटा मोटरसाईकल खोजी गरी सम्बन्धित धनीलाई बुझाएको पनि जानकारी गराएको छ।

प्रकाशित: २१ मंसिर २०७८ ०७:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App