coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गाजा कारोबारीमा संलग्न भएको आरोपमा शिक्षक पक्राउ

ट्रयाक्टरमा नेपालबाट भारततर्फ गाजा लाने क्रममा मुख्य कारोबारीको आरोपमा प्रहरीले एक जना शिक्षकलाई बुधबार सुनसरी देवानगञ्जबाट पक्राउ गरेको छ। प्रहरीले एक सय  ८० केजी गाजा पनि बरामद गरेको छ।

देवानगञ्ज वडा नं. ४ यादव टोलबाट प्रहरीले ट्रयाक्टरका ट्रलीभित्र फल्स बेस बक्स बनाएर सेतो रंगको प्लाष्ट्रिकको ९० वटा पोका पारेको गाजा बरामद गरेको हो। प्रति पोकाको तौल २ केजीको गाजा ९० पोका रहेको जिल्ला प्रहरी कार्यालयले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

देवानगञ्ज वडा नं. २ मा सञ्चालित अमरसिंह माध्यमिक विद्यालयका स्वयम्सेवी शिक्षक सन्तोषकुमार मेहता मोटरसाईकल गाजा लादै गरेको ट्रयाक्टरसँगै रहेका थिए। मेहताले नै भारतमा गएर पराल ल्याउने भनी जर्वरजस्ती ट्रयाक्टर लाने प्रयास गरेका थिए। जर्वरजस्ती ट्रयाक्टर भारततर्फ लान नदिएपछि ट्रयाक्टर चालक भागेपछि मोटरसाईकल चालक मेहता पनि भाग्न खोजेका थिए।

तत्काल प्रहरीले मेहतालाई नियन्त्रणमा लिन सफल भएको र ट्रयाक्टर खोलेर हेर्दा गाजा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सन्जयसिंह थापाले बताए।

प्रहरीले मेहताले प्रयोग गरेको को २९ प ८४८६ नं.को मोटरसाईकल तत्कालै नियन्त्रणमा लिन सफल भएको र प्रहरी टोलीले खोजी गर्ने क्रममा ट्रयाक्टरको ईन्जिन प्र–१–०४–००१ त ०६६६ देवानगन्ज वडा नं. ४ कौवाखोजको झाँङमा लुकाई राखिएको अवस्थामा फेला परेको जानकारी दिएको छ। प्रहरीले पक्राउ परेका मेहतालाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्दा चलाएको छ।

सुनसरीमा चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा ६४ वटा लागूऔषध मुद्दा चलाएको छ। अहिलेसम्म १०७ जना पक्राउ परेका छन्।

प्रकाशित: २ मंसिर २०७८ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App