१५ चैत्र २०८० बिहीबार
समाज

रौतहटमा एकै परिवारका दुई बालकको शङ्कास्पद मृत्यु

रौतहटमा एकै परिवारका दुई अबोध बालकको शङ्कास्पद मृत्यु भएको छ। जिल्लाको देहाही गोनाही नगरपालिका ५ टिकुलिया टोलका संजय मुखियाकाे ५वर्षीय छोरा आकास मुखिया र ४ वर्षीय छोरा बिकास मुखियाको ज्यान गएको हो।

शनिबार बिहान ८ बजे दुबै बालक अचानक बिरामी परेर उल्टि गर्न थालेपछि परिवारका सदस्यहरूले उपचारका लागि गरुडा स्थित निजी अस्पतालमा पुर्‍याएका थिए। बालकको अवस्था बिग्रीन थालेपछि थप उपचारका लागि बिरगंज स्थित तराई अस्पताल भर्ना गरेका थिए। उपचारको क्रममा शनिबार अबेर राती कान्छो छोरा बिकासको र आइतबार आकसको उपचारको क्रममा ज्यान गएको छ।

घरमा खेल्दै गरेका अबोध बालकको ज्यान गएको बिषयमा प्रहरीले गहण रुपमा अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताए। मृतक दुबै बालकको शब परीक्षणका लागि नारायणी उपक्षेत्रीय अस्पताल बिरगंजमा राखिएको र घटनाबारे अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: २९ कार्तिक २०७८ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App