८ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

गोरखामा नेपाली सेनाको ट्रक दुर्घटना

नेपाली सेनाको ट्रक दुर्घटनामा परेको छ। अजिरकोट गाउँपालिकाको भच्चेकमा तालिमम प्रयोग हुने सामग्री पुर्याएर फर्कने क्रममा ट्रक दुर्घटना भएको नेपाली सेनाका मेजर प्रकाश परियारले बताए।

लु १ ग १३९ नम्बरको ट्रक सिरानचोक गाउँपालिका ५ भालुमारा भन्ने ठाउँमा सडकबाट करिब ३० मिटर तल खसेको छ। ट्रकमा चालक र एक जना कमाण्डर रहेको उनले बताए। दुबै जनाको अवस्था भने सामान्य रहेको र ट्रकमा धेरै क्षती भएको छ।

ब्रेक फेल भएर दुर्घटन भएको उनले बताए। सडकबाट खसेको ट्रक निकाल्ने प्रयास भइरहेको छ।

प्रकाशित: २८ कार्तिक २०७८ १२:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App