१७ असार २०८१ सोमबार
image/svg+xml
समाज

फरार अभियुक्त १४ वर्षपछि पक्राउ

सर्लाही जिल्ला अदालतबाट सजाय पाएका एक अभियुक्तलाई १४ वर्षपछि सर्लाही प्रहरीले पक्राउ गरेको छ। २०६४ फागुनमा सर्लाही जिल्ला अदालत मलंगवाले ४ वर्ष कैद र पाँच हजार रुपैया नगद जरिवाना गरेका एक जनालाई सर्लाही प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सर्लाहीको बलरा नगरपालिका ३ का सीताराम मिश्रका छोरा प्रदीप मिश्र रहेको प्रहरीले जनाएको छ। कुटपिट अंगभंग मुद्दामा सजाय पाएका मिश्र फरार घोषित भएका थिए। लुकीछिपी घरमै बसेको विशेष सूचनाको आधारमा प्रहरीले मिश्रलाई निजको घरबाटै पक्राउ गर्न सफल भएको छ। 

पक्राउ परेपछि मिश्रलाई सर्लाही जिल्ला अदालतमा प्रस्तुत गरेपछि अदालतले मिश्रलाई कैद भुक्तानको लागि कारागार कार्यालय रौतहट गौरमा चलान गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ ११:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App