१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

हत्या आरोपमा एक व्यक्ति पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–४ नयाँबस्ती निवासी २० वर्षीय टोपबहादुर पुनको हत्या आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार सोही वडाको गहतेरा बस्ने रेशम थापालाई पक्राउ गरिएको हो। घर नजिकैको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा सोमबार उनलाई पक्राउ गरिएको हो। घटनामा संलग्नको आरोप लागेका सोही ठाउँका विनोद राना र खीमबहादुर राना अझै फरार रहेको प्रहरीले बताएको छ। पीडितले उनीहरुको नाममा किटानी जाहेरीसमेत दिएका छन्।

गत शनिबार राति लठ्ठी र धारिलो हतियार प्रहारबाट पुनको मृत्यु भएको थियो। हत्यारालाई कानूनी दायरामा नल्याउँदासम्म पीडितहरुले शव नबुझ्ने बताएका छन्। पुनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

प्रकाशित: २३ कार्तिक २०७८ ०७:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App