७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

पुलिसको मोटरसाइकल चोर्ने पक्राउ

प्रहरीको मोटरसाइकल चोर्नेलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला अस्पताल कार्यालय सर्लाहीको प्रांगणबाट मोटरसाइकल चोरी भएको दुई घन्टामा चोरिएको बाइकसहित प्रहरीले चोरलाई पनि नियन्त्रणमा लिन सफल भएको छ।  

शनिबार दिउँसो करिब १२ बजेको समयमा सर्लाहीको मलंगवास्थित जिल्ला अस्पतालको प्रांगणबाट रातो कलरको पैसन प्रो बाइक चोरी भएको थियो।

गस्तीमा रहेको प्रहरीले चढ्ने बाइक नै चोरी भएपछि प्रहरीले तत्काल सबै युनिटलाई जानकारी गराई खोजतलास गर्ने क्रममा प्रहरीले विश्वकर्मा चोकमा बाइक देखेको थियो। डिउटीमा रहेको प्रहरीले चोरीको बाइक रोक्न खोज्दा प्रहरीलाई नै ठक्कर दिएर बाइक चालक भागेको थियो।

प्रहरीलाई ठक्कर दिए पनि प्रहरीले करिब पाँच सय मिटरसम्म लखेटेर बाइक र बाइकमा सवारलाई नियन्त्रणमा लिन सफल भएको छ। बाइक चोरी गर्ने मलंगवा ३ का मोजाहिर अन्सारीका १९ वर्षीय छोरा बोसिम अन्सारी भएको प्रहरीले जानकारी गराएको छ।  

बाइक नियन्त्रणमा लिने क्रममा एक जना प्रहरी जवान घाइते समेत भएका छन्। घाइते प्रहरीको उपचार गरिएको छ। बाइक चोरी गर्ने अन्सारी जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकृत प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए।

प्रकाशित: २१ कार्तिक २०७८ ०३:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App