१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

सात फिट लामो अजिङ्गर उद्धार गरी सुरक्षित ठाउँमा छाडियो

बेलौरी नगरपालिका–६ भुराकोट दशगजा सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले सात फिट लामो अजिङ्गर उद्धार गरेर सुरक्षित ठाउँमा छोडिएको छ।

बोर्डर आउट पोष्ट थापाचोकबाट खटिएको सीमा गस्ती टोलीले अजिङ्गरेको जिवितै उद्धार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए।

उद्धार गरिएको अजिङ्गरलाई कुण्डा सब डिभिजन वन कार्यालय पचकढीयाबाट खटिआएका वन रक्षक महेन्द्र कँडेलको टोलीलाई बुझाएको छ। अजिङ्गरलाई वन रक्षकको टोलीले सुरक्षित स्थानमा छाडेका छन्।

प्रकाशित: २० कार्तिक २०७८ १४:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App