१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

थप ४०८ जनामा कोरोना संक्रमण, ८ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी सो संख्यामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोहीक्रममा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ भने ५१८ जना संक्रमणमुक्त भएका छन्।

हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेका छन्।

प्रकाशित: १४ कार्तिक २०७८ ११:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App