७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

बहुविवाह गरेको आरोपमा पक्राउ

इलाम-बहुविवाह गरेको आरोपमा प्रहरीले इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरीलाई आज उनैको घरबाटै पक्राउ गरेको छ।गिरीकी जेठी श्रीमती राधादेवीले बहुविवाह गरेको भन्दै गिरीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा भदौ १३ गते जाहेरी दिएकी थिइन्। 

प्रकाशसँगै कान्छी श्रीमती २४ वर्षीया कल्पना गिरीलाई पनि पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए। प्रकाशले कल्पनालाई साउन ९ गते दोस्रो विवाह गरेका थिए। रासस

प्रकाशित: १७ भाद्र २०७१ ०४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App