७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

घरमा आगलागी हुँदा ५ लाख बराबर क्षति

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङमा गए राति एक घरमा आगलागी हुँदा ५ लाख मूल्य बराबरको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार हाङपाङ गैरीगाउँ बस्ने दुर्गाबहादुर आङवुहाङको ढुङ्गा,माटो र बाँससहितले बनेको एकतले घरमा आगलागी भएको हो।

घरका अभिभावक नभएको र बच्चाहरू मात्र रहेको समयमा आगलागी भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आगलागीको कारण खुलेको छैन। आगलागीबाट मानवीय तथा चौपाया क्षति नभएको जानकारी प्राप्त भएको समेत प्रहरीले बताएको छ।

प्रकाशित: ७ आश्विन २०८१ १०:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App