३ असार २०८१ सोमबार
image/svg+xml
समाज

२४ वर्षीया युवतीले जन्माइन् एकै पटक चार सन्तान

पाल्पाकी एक २४ वर्षीया युवतीले एकै पटक चारवटा सन्तान जन्माएकी छन्। पाल्पाको माथागढी गाउँपालिका १ की २४ वर्षीया सीता सार्कीले मंगलबार दिउँसो ४ वटा छोरीलाई जन्म दिएकी हुन्।

भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उनले बच्चा जन्माएकी हुन्। गर्भवती भएको सात महिनामै चार शिशु जन्मिएकाले कम तौलका भएको भैरहवा मेडिकल कलेजका चिकित्सकले बताए। सबै शिशुको तौल एक किलोभन्दा अलिकति मात्र बढी भएकाले सबैको आइसियूमा उपचार भइरहेको छ।

विवाह भएको सात वर्षमा पहिलो उनले सन्तान जन्माएकी हुन्। पेटमा ४ वटा शिशु हुर्किइरहँदा पनि उनलाई ६ महिनासम्म कुनै अप्ठेरो महसुस नभएको बताएकी छन्। गर्भ ६ महिनाको पुग्दा पेट दुख्न थालेपछि उनीहरूले भिडिओ एक्सरे गराउँदा चिकित्सकले पेटमा ३ वटा शिशु रहेको जानकारी दिएका थिए। मंगलबार अप्रेशन गरेपछि मात्रै चार वटा बच्चा भएको थाहा भएको हो।

प्रकाशित: १० कार्तिक २०७८ ११:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App