१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

पहिरोले ५० बढी खानेपानी योजनामा क्षति

फाइल तस्बिर

बेमौसमी वर्षाले बैतडीका विभिन्न स्थानमा खसेको पहिरोले ५० बढी खानेपानी योजनामा क्षति पर्‍याएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्लाका विभिन्न स्थानमा रहेका खानेपानी योजनामा क्षति पुर्‍याएपछि स्थानीयबासीलाई खानेपानीको समस्या भएको छ।

खानेपानीको मुहानमा पहिरो आएपछि ९ दिनदेखि सदरमुकाम क्षेत्रमा खानेपानीको चरम अभाव भएको छ। पहिरोले खानेपानी संरचनामा क्षति पुर्‍याएकाले बल्ल ट्यांकीसम्म पानी पुर्‍याउन सकिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बैतडीले जनाएको छ।

शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र दोगडाकेदार गाउँपालिका खानेपानीका योजनामा बढी क्षति भएको प्रारम्भिक तथ्यांक आएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख कृष्णबहादुर बोगटीले बताए। उनले भने ‘अहिलेसम्म ५० बढी योजनामा क्षति पुर्‍याएको तथ्यांक आएको छ। यो भन्दा बढी क्षति भएकको हुन सक्ने आँकलन गरिएको छ।'

पहिरोका कारण खानेपानी योजनाहरुमा क्षति पुर्‍याएपछि ठाउँठाउँमा खानेपानीको अभाव भएको स्थानीयहरुले बताएका छन्। पहिरोले खानेपानी योजना क्षति भएपछि स्थानीयहरु दूषित पानी प्रयोग गर्न बाध्य भएका सिगासका शिक्षक पदम साउँदले बताए। पहिरोका कारण दुषित पानी पिउँदा पानीजन्य रोगको संक्रमण बढने सक्ने स्वास्थ्यकर्मी बताउँछन्।

प्रकाशित: १० कार्तिक २०७८ ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App