coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

५३ किलो गाँजासहित युवक पक्राउ

गाँजासहित पक्राउ परियार। तस्बिर: महेश्वर/नागरिक

उदयपुरको कटारी नगरपालिका ६ भोर्लेबाट प्रहरीले अवैध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। कटारी नगरपालिका ६ भोले जंगलमा ५३ किलो गाँजा बोकेर अज्ञातस्थलतर्फ जाँदै गरेका २० वर्षीय प्रेम परियार पक्राउ परेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।  

सोमबार विहान ३ः३० बजेको समयमा गस्तीमा रहेको इप्रका कटारीको टोलीले कटारी नगरपालिका ९ सोरुङछविसेका परियारलाई पक्राउ गरेको हो। बीच जंगलमा बोरामा गाँजा बोकेर कतै गईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी भनाई छ। ३ बोरा गाँजासहित पक्राउ परेका उनी उदयपुरबाट सिराहा सप्तरीतर्फ लाँदै गरेको हुनसक्ने अनुमान प्रहरीको छ।  

भोर्ले भएर चुरे महाभारत जोडिएको जंगल उदयपुर र सिराहाको सीमास्थल हो। घना जंगल हुनाले सो क्षेत्रबाट चोर बाटो भएर गाँजा र अन्य अवैध जडिबुटीको चोरी निकासीमार्फत सिराहा, सप्तरी हुँदै भारतीय बजार पुग्ने गरेको  यसअघिका घट्नाले देखाएको प्रहरी भनाई छ। वन्इजन्तुको चोरी सिकारी, वन फँडानी र अवैध चोरी निकासीजस्ता गतिबिधि सो क्षेत्रमा हुने गरेकाले प्रहरीले विशेष निगरानी राख्दै आएको छ। यही क्रममा परियार गाँजासहित पक्राउ परेको प्रहरीले जनाएको छ।

दसैँ तिहार र छठजस्ता चाडपर्वको बेला आयस्रोतका लागि सर्वसाधारणको प्रयोग गर्दै तस्कर समूह अवैध कारोबारमा संलग्न हुने आशंका गरिन्छ। वास्तविक तस्करी समूह अर्कै भए पनि आम्दानीको प्रलोभनमा सर्वसाधारण व्यक्ति परिचालन हुने हुँदा पक्राउ र कारबाहीको भागीदार हुनुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्।  

गाँजालाई वैधता दिने विषयमा देशव्यापी वहस सुरु भए पनि यसले तार्किक निश्कर्ष नपाउँदा वर्षेनी हजारौं युवा गाँजा प्रयोग, बेचविखन र कारोबार अभियोगमा पक्राउ पर्ने गरेका छन्। ३ वर्षअघि नै एमाले नेता तथा प्रतिनिधिसभा सदस्य शेरबबहादुर तामाङले गैरसरकारी विधेयक संसदमा दर्ता गरे पनि त्यसको छिनोफानो नभएकाले बेवारिसे अवस्थामा पुगेको छ।

प्रकाशित: ८ कार्तिक २०७८ ०८:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App