२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रदेश १ मा ९७ जनामा कोरोना संक्रमण, ६ को मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना संक्रमण भएको छ। ५ सय ३८ जनाको पीसीआर परीक्षण गर्दा ८८ र ६७ जनाको एन्टिजेन परीक्षण गर्दा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३७, मोरङमा ३१, सुनसरीमा १४, इलाममा ४, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

झापाको विर्तामोडमा १२, मेचीनगरमा ९, शिवसताक्षीमा ४, कनकाईमा ३, भद्रपुर, अर्जुनधारा दमक र कमल गाउँपालिकामा २–२, गौरादहमा १,  मोरङको विराटनगरमा २१, सुन्दरहरैचामा ३, बुढीगंगामा २, कटहरी, पथरीशनिश्चरे, ग्रामथान, उर्लाबारी र सुनबर्षीमा १–१ जनामा संक्रमण देखिएको छ। यस्तै, सुनसरीको इटहरीमा ५ स्थानीय तह नखुलेका ५, धरानमा ३, भोक्राहानरसिंहमा १, इलामको रोङमा २, इलाम नगरपालिका र माईमा १–१, उदयपुरको कटारी र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमबार ८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३१ महिला र ५४ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ५ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १ कार्तिक २०७८ १२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App