७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान

६६औं प्रहरी दिवसका अवसरमा जिल्ला प्रहरी कार्यालय बाराद्वारा आज यहाँ आयोजित कार्यक्रममा अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाई सम्मान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले अमर प्रहरीका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरे। यसैगरी उनले शान्तिसुरक्षा र सामाजिक विकृति तथा विसङ्गतिविरुद्ध महत्वपूर्ण योगदान पुर्‍याएवापत विभिन्न दर्जाका २१ प्रहरीलाई कदरपत्रद्वारा सम्मान गरे। कार्यक्रममा बाराका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले प्रहरी सङ्गठनमा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत र जवानलाई पुरुस्कृत गरेको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

सो अवसरमा प्रजिअ कटुवालले शान्ति सुरक्षा र अपराध नियन्त्रण एवं अनुसन्धानमा नेपाल प्रहरीले खेलेको भूमिकाको महत्वपूर्ण रहेको उल्लेख गर्दै जनतालाई सामाजिक न्याय दिलाउने प्रारम्भिक थलोको रुपमा प्रहरी सङ्गठन अब्बल छ भने। आफ्नो काममा इमान्दारिता र व्यावसायिक क्षमता प्रदर्शन गर्न प्रहरी सङ्गठनलाई आग्रह गर्दै उनले भने, 'प्रहरी सङ्गठन स्वच्छ र पारदर्शी हुनुपर्छ।' रासस

प्रकाशित: २० आश्विन २०७८ ०७:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App