१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मलामी गएका पुरुष नदीमा बेपत्ता

छिमेकीको मलामी गएका एक पुरुष नदीमा बेपत्ता भएको छ। रौतहटको माधवनारायण नपा ६ माधोपुरका ५० वर्षीय गंगाराम बैठा बागमती नदीमा बेपत्ता भएका हुन्।

छिमेकीको मृत्यु भएपछि गाउँभन्दा पूर्व रहेको पिपरा रजबाडा गाउँ नजिक बागमती नदीमा अन्तिम संस्कार गर्ने क्रममा नदीमा नुहाउन पसेका बैठालाई भेलले बगाएको हो। दुई दिन पानी परेपछि नदीमा जलस्तर बढेको र पानीको बहाव तीव्र भएकोले बैठालाई भेलले बगाएको प्रहरीको भनाइ छ।  

नुहाउने क्रममा बेपत्ता भएका बैठाको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपि नारायणप्रसाद चिमोरियाले जानकारी गराएका छन्। गोताखोर परिचालन गरी स्थानीयको सहयोगमा बेपत्ताको खोजी भइरहेको डिएसपि चिमोरियाको भनाइ छ। 

प्रकाशित: १९ आश्विन २०७८ ११:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App