coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

थप १ हजार ३० जनामा कोरोना संक्रमण, १० को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १ हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८९३ पीसीआर परीक्षण गर्दा ८१२ जना र ४ हजार ९८१ एन्टिजेन परीक्षण गर्दा २१८ गरी सो संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो।  

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। यो सँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ रहेको छ।  

सोही अवधिमा १ हजार जनाले कोरोना संक्रमण जितेका छन्। यस्तै, देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६०६ रहेको छ। 

प्रकाशित: १८ आश्विन २०७८ ११:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App