१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

आतिसबाजीजन्य पर्दाथको भण्डारण गर्ने कार्यमा संलग्न व्यक्ति प्रकाउ

आतिसबाजीजन्य विस्फोटक पदार्थहरु भण्डार गरिएको भन्दै काठमाडौंबाट एकजना पक्राउ परेका छन्। विजया दशमी तथा दिपावलीलाई लक्षित गरी भण्डारण गरिराखेको पटाका, भुईचम्पा लगायतका सामानसहित कामेश्वर प्रसाद यादव पक्राउ परेका हुन्।

सर्लाहीको रामनगर गाउँपालिका १ घर भई हाल काठमाडौँको कागेश्वरी मनहरा नपा वडा नं ८ गोठाटार जलबिनायक चोक बस्ने ३० वर्षका यादव जलविनायक चोक नजिक रहेको कबाडी पसलको गोदामबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले २५ लाख रुपैयाँ पर्ने आतिसबाजीजन्य पदार्थहरु बरामद गरेको छ। आरोपी यादवलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ। 

यादवबाट गमला पटका १ बोरा, स्पेशल फ्लावरकोन पटका, हाईड्रो फोईल्स पटका, झ्यारझ्यारे पटका, रोल क्याप्स पटका, ग्राउण्ड चक्र पटका, स्पाइनर पटका, हाईड्रो बम पटका र नगद ९० हजार र १ थान मोबाईल बरामद गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: १७ आश्विन २०७८ १२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App