१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

विराटनगरमा उपचारका क्रममा युवकको मृत्यु

विराटनगरमा सोमबार बेहोस अवस्थामा भेटिएका एक युवकको उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। सोमबार राति ११ बजेतिर नेपाल–भारत सीमा नजिक विराटनगर–१६ झमेली चोकमा बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

राति गस्तीमा गएको प्रहरी टोली सडकमा लडिरहेको देखेपछि उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो। उपचारका क्रममा मंगलबार बिहान साढे ६ बजेतिर विराटनगर–९ का २३ वर्षीय अमृतजंग बस्नेतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मृतक बस्नेतको साथबाट नवीकरणको म्याद सकिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) फेला परेको छ। लाइसेन्सका आधारमा पहिचान खुले पनि उनका आफन्त फेला नपरेको डिएसपी श्रेष्ठले बताए। युवकको मृत्यु भएपछि शव कोसी अस्पतालमै राखेर आफन्त एवं परिवारका सदस्यको खोजी प्रहरीले गरिरहेको छ।  

उपचारका क्रममा अवस्था केही सामान्य बनेका बेला युवकले आफू मोरङको सुन्दरहरैँचास्थित सलकपुरको बासिन्दा भएको बताएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बस्नेत लागुऔषधका सेवनकर्ता हुनसक्ने र भारतको जोगबनीबाट अत्याधिक लागुऔषध सेवन गरेर फर्कंदा बेहोस भएको हुनेसक्ने प्रहरीले अनुमान गरेको छ।

प्रकाशित: १२ आश्विन २०७८ १२:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App