coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

बागमती नदीमा डुबेर एकको मृत्यु, एक बेपत्ता

रौतहटको बागमती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता भएका छन्। स्थानीय राजदेवी नगरपालिका ९ व्रम्हपुरी टोल स्थित वागमती नदीमा माछा मार्ने गएको दुई बालकमध्ये एक जनाको डुबेर मृत्यु भएको छ भने एक जना बेपत्ता भएको प्रहरीले जनाएको छ।  

नदीमा माछा मार्ने क्रममा चारजना खोलामा हाम फालेका थिए। जसमध्ये दुईजना सकुशल बाहिर निस्किए भने एक जना राजदेवी नपा जितन महराको ११ वर्षीय अजित महराको पानीमा डुबेर मृत्यु भएको छ।

मृतकसँगै रहेका स्थानीय ९ प्रभु पासवानको १० वर्षीय छोरा पिन्टु पासवान पानीमै डुवेर वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपि बिनोद घिमिरेले बताए। वागमती नदीमा डुबेर बेपत्ता भएको बालकको खोजी गर्न स्थानीय बासिन्दा, सशस्त्र र प्रहरी खटिएको छ। मृतक बालकको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल गौरमा राखीएको प्रहरीले जनाएको छ।

प्रकाशित: १० आश्विन २०७८ १३:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App