८ वैशाख २०८१ शनिबार
समाज

एघार लाखलाई निःशुल्क मास्क

प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ। गएको वैशाखयता (दोस्रो भेरियन्टको कोरोना संक्रमण)को अवधिमा यसरी मास्क वितरण गरिएको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिए। 

प्रहरीले उक्त अभियान ७७ वटै जिल्लामा सञ्चालन गरेको थियो। काठमाडौंका विभन्नि सडकमा हेल्प डेस्क नै राखेर मास्क वितरणका साथै सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। जिल्लामा पनि कार्यक्रम नै आयोजना गरी मास्क वितरण गरिएको जनाइएको छ।  

मुख्यगरी कोभिड–१९ संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरणका प्रहरीले मास्क वितरण अभियानकै रूपमा चलाइएको हो। ‘मानिसले मास्क नलगाई हिँड्ने गरेको देखियो, मास्क नलगाउनेलाई छिट्टै संक्रमण हुने चिकित्सकको भनाइअनुसार मास्क वितरण थालिएको हो। यसले मानिसमा मास्क लगाउनुपर्छ भन्ने चेतनाको विकास पनि हुने हुँदा अभियान चलिएको हो,’ प्रवक्ता कुँवरको भनाइ छ।

प्रहरीले गएको वैशाख ६ पछि ‘तपाईंको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत मास्क वितरण थालेको थियो। आज मात्रै २ हजार ५८६ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ। हालसम्म जम्मा ११ लाख १८ हजार २१२ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले ‘संक्रमणबाट आफू बचौँ र अरूलाई पनि बचाऔं’ भन्ने नारासहित ‘तपाईंको मास्क खै ?’ अभियान चलाएको हो। यस्तै पछिल्ल्लो २४ घण्टामा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको नियम उल्लंघन गर्ने २५ जनालाई दुई हजार पाँच सय जरिवाना गरिएको छ।  

सो क्रममा स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने एक हजार २९३ जनालाई सचेत गराइएको छ। देशभर सञ्चालित माईकिङ, प्लेकार्ड, पर्चा, पम्प्लेटसहितको ४४ वटा सचेतनामूलक कार्यक्रमअन्तर्गत चार हजार ९७३ जना सहभागी रहेको जनाइएको छ।

प्रकाशित: २७ भाद्र २०७८ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App