२१ असार २०८१ शुक्रबार
image/svg+xml
समाज

प्रहरीद्वारा मालसमानसहित दुई ट्रक नियन्त्रणमा

तस्करीको आरोपमा प्रहरीद्वारा नियन्त्रणमा लिइएका ट्रक। तस्बिर: सौजन्य प्रहरी

जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्जबाट चितवनतर्फ जान लागेका २ वटा मालवहक ट्रक नियन्त्रणका लिई राजश्व अनुसन्धान कार्यालय, पथलैयाको जिम्मा लगाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयले जारी गरेको सूचना अनुसार आइतबार राति साढे ८ बजे वीरगन्ज महानगरपालिका –१४ मा पर्ने गण्डक सडकखण्डको बाटोबाट ना.३ ख ५१६५ र ना.३ ख ५५२५ नम्बरको मालवाहक ट्रकहरू नियन्त्रणमा लिइएका हुन्।  

‘पुराना मितिको प्रज्ञापन पत्र लिएर र सो प्रज्ञापन पत्रमा उल्लेखित मालबस्तुहरूको सट्टा भन्सार छली चोरीपैठारी गरी ल्याएको लत्ताकपडाहरू लगायतका अन्य मालबस्तुहरू लोड गरी चितवनतर्फ लग्दै भन्ने प्राप्त सूचना अनुसार कार्यालयबाट खटी गएको टोलीले उल्लेखित नम्बरको ट्रकहरू रोकी जाँच गर्ने क्रममा चालकहरू गाडि छाडी भागी फरार भएको,’ सूचनामा भनिएको छ।  

ट्रकहरूलाई वेवारिसे अवस्थामा नियन्त्रणमा लिइ कार्यालयमा ल्याइएको जिल्ला प्रहरी पर्साले जनाएको छ। गडिमा भएको मालवस्तु भन्सारको प्रज्ञापनपत्रहरूसंग मेल नखाएको र विल विजकहरु फरक रहेको प्रहरीको दाबी छ। ट्रक र समानहरुको अस्सी लाख रुपैया मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक प्रहलाद कार्कीले बताएका छन्।

प्रकाशित: २२ भाद्र २०७८ ०६:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App