१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

कोहलपुरमा खुकुरी हानाहान, दुईजना घाइते

बाँकेको कोहलपुरमा युवाहरुबीच खुकुरी हानाहान हुँदा दुईजना घाइते भएका छन्। नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर नजिकै आइतबार दिउँसो खुकुरी हानाहान हुँदा प्रदीप राना र विशाल केसी घाइते भएका छन्।  

घाइतेहरुको कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। खुकुरी प्रहारबाट रानाको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ। केसी भने सामान्य घाइते छन्। खुकुरी प्रहार गर्ने समूह भने फरार छ।  

घटनास्थलमा पुगेको कोहलपुर प्रहरीले घटनास्थलबाट एक थान खुकुरीको छापसमेत बरामद गरेको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक होमप्रसाद चौधरीले बताए।

प्रकाशित: १३ भाद्र २०७८ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App