१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उदयपुरमा पहिरोले पुरिएर बालकको निधन

फाइल तस्बिर

उदयपुरमा पहिरोले पुरिएर एक बालकको ज्यान गएको छ। जिल्लाको कटारी नगरपालिका २ मिलनचोकका ७ वर्षीय कर्ण मगरको स्थानीय आप खहरे खोलाको पहिरोले पुरिएर ज्यान गएको हो।

शुक्रबार खोलाछेउमा खोलिरहेको अवस्थामा दिउँसो साढे १ बजे खसेको पहिरो (ढिस्को)ले पुर्दा गम्भीर घाइते भएका बालकको उद्धार गरी उपचारार्थ कटारी अस्पताल लैजाँदै गर्दा बाटैमा निधन भएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ। मृतक बालक स्थानीय पोष्टबहादुर मगरको छोरा भएको प्रहरीले जनाएको छ।  

बालकको मृत्यु भएको खवर आएलगत्तै इप्रका कटारीका निरीक्षकको कमाण्डमा खटेको टोली घट्नास्थल पुगेर सर्जमिन मुचुल्का गरी शव पोष्टमार्टमका लागि कटारी अस्पताल पठाएको छ।

घट्नाबारे थप अनुसन्धान सुरु भएको इप्रका कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ११ भाद्र २०७८ ११:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App