२९ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु

४ सय २१ संक्रमित थपिए

प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।

यस्तै प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ। ९ सय २४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९ र ५ सय २ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १२ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १ सय ४९, मोरङमा ६८, सुनसरीमा ६७, इलाममा १२, संखुवासभामा ५, उदयपुरमा २, पाँचथर र तेर्‍हथुममा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको हो।

झापाको विर्तामोडमा ३०, कनकाई र अर्जुनधारामा २६–२६, दमकमा १९, शिवसताक्षीमा १६, मेचीनगरमा १४, बुद्धशान्तिमा ८, भद्रपुरमा ४, कमल गाउँपालिकामा २, गौरादह, बार्‍हदशी, गौरीगञ्ज र हल्दिबारीमा १–१ जनामा संक्रमण देखिएको छ। मोरङको बेलबारीमा २५, विराटनगरमा २३, सुन्दरहरैचामा ७, बुढीगंगा र पथरीशनिश्चरेमा ३–३, रंगेली र कानेपोखरीमा २–२, केराबारी, मिक्लाजुङ, लेटाङमा १–१ जनामा संक्रमण देखिएको छ।  

सुनसरीको इटहरीमा ३१, धरानमा १९, बराहक्षेत्रमा ५, दुहवी र रामधुनीमा ३–३, देवानगञ्जमा २, इनरुवा, बर्जु, भोक्राहा, हरिनगरमा १–१ जनामा संक्रमण देखिएको छ। इलामको सुर्योदयमा ५, इलाम नगरपालिकामा ४, चुलाचुलीमा २, माईमा १,संखुवासभाको खाँदबारीमा ५, उदयपुरको बेलकामा २, पाँचथरमा १ र तेर्‍हथुममा १ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। 

प्रदेश १ मा आइतबार ३ सय १२ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा १ सय ५७ महिला र १ सय ५५ पुरुष रहेका छन्।

प्रकाशित: ७ भाद्र २०७८ १३:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App