७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

रहेनन् धानबाली विशेषज्ञ बस्नेत

वरिष्ठ धानबाली विशेषज्ञ भोलामान सिंह बस्नेतको कोभिड–१९ सङ्क्रमणबाट ७१ वर्षका उमेरमा आज ओम अस्पतालमा निधन भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)मा लामो समयसम्म वरिष्ठ धानबाली विशेषज्ञका रुपमा सेवा गरेका उनी सेवा निवृत्त भएपछि अन्तर्राष्ट्रिय धान बाली अनुसन्सधान केन्द्र (इरी)का अनुसन्धानमा संलग्न थिए।  

नेपालमा हिउँदै धान खेतीको सुरुआत तथा असार १५ लाई धान दिवसका रुपमा मनाउने निर्णय गराउनमा उनकोअथक योगदान रहेको थियो। उनका दुई छोरी र एक श्रीमती छन्। 

प्रकाशित: ३० श्रावण २०७८ ११:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App