१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

नौ करोड बढीको लागतमा निर्माण प्रहरी भवनको उद्घाटन

नौ करोडभन्दा बढीको लगानीमा निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीको कार्यालय भवनको बिहीबार उद्घाटन गरिएको छ। भवनको प्रहरी महानिरीक्षक (आइजिपी) शैलेस थापा क्षेत्रीले गरे।

भवन नौ करोड ३६ लाख ६७ हजार एक सय २० रुपैयाँ ७३ पैसाको लगातमा निर्माण भएको हो। जिल्ला प्रहरी कार्यालयको १६ कठ्ठा ५ धुर जग्गामा कार्यालय भवन एउटा, हिरासत भवन एउटा, व्यारेक भवन तीनवटा, नागरिक सहायता कक्ष एउटा समेत साना ठूला गरी ६ वटा भवनहरु र वरिपरी पर्खाल समेत निर्माण भएको छ।  

प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयको भूकम्प प्रतिरोधात्मक डिजाईनमा दुई चरणमा निर्माण भएका भवनहरु गौरी पार्वती/कोशी एण्ड न्यौपाने जेभी नयाँ बानेश्वर काठमाडाैं र आशिर्वाद निर्माण सेवा प्रालि त्रियुगा उदयपुरले सम्पन्न गरेका थिए।

सो क्रममा सुनसरी प्रहरीलाई भवन निर्माण लगायत भौतिक संरचना निर्माणमा सहयोग गर्ने ईनरुवा नगरपालिकाका मेयर राजन मेहता, कोशी गाउँपालिका प्रमुख ऐयुव अन्सारी, हरिनगरा गाउँपालिका प्रमुख गफार अन्सारी र वर्जु गाउँपालिका प्रमुख रघुनन्दन चौधरीलाई सम्मान पत्र प्रदान गरियो।

यस्तै, उत्कृष्ट कार्य गर्ने प्रहरीहरु प्रहरी उपरीक्षक कमल थापा, प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्की, प्रहरी निरीक्षक जयदेव माझी र प्रहरी सहायक निरीक्षक भक्तवहादुर विष्ट तथा सुनसरी प्रहरीका सहयोगीहरुमा सञ्चारकर्मी अमर काफ्ले, अधिकारकर्मी सरिता कार्की (घिमिरे), रोहित निरौला र पुरुषोत्तम भण्डारीलाई प्रशंसा पत्र प्रदान गरियो। निर्माण व्यवसायी चुडामणी पौडेल, दिलिप लिम्वु, ऐयुव मिया र गफुर मियालाई पनि कदर पत्र प्रदान गरियो।  

सो क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीले कानूनको अक्षरस पालना गर्दै अपराध न्यूनीकरण गरेको बताए। उनका अनुसार बढ्दै गरेको शहरीकरणको बावजुत पनि यस वर्ष ४.४ प्रतिशत अपराध घटेको र प्रहरीले गर्ने कार्यहरुलाई वस्तुगत बनाई सिसीटिभी जडान गर्न प्रविधियुक्त प्रहरी कार्य, राजश्वमा वृद्धि फरार प्रतिवादी पक्राउ र सफल मुद्दाको बारेमा हरेक महिनाको अन्तमा मूल्यांकन गर्ने गरिएको छ।

प्रकाशित: २८ श्रावण २०७८ ११:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App