coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

प्रेमीको घरमा गएर प्रेमिकाले आत्महत्या गरेपछि...

उदयपुरका एक युवक प्रेमिकालाई आत्महत्या गर्न दुरुत्साहन अभियोगमा पक्राउ परेका छन्। जिल्लाको बेलका नगरपालिका २ करड्रयाकी ३१ वर्षीया सावित्रा चौरकीले घरमै आएर आत्महत्या गरेपछि त्रियुगा नगरपालिका ३ ठाडीका २४ वर्षीय विष्णुदेव पंजियार पक्राउ परेका हुन्।  

प्रहरीका अनुसार गत आईतबार बिष्णुदेवको घरमा आत्महत्या गरेकी महावति उपनामकी सावित्रासँग विष्णुदेवको डेढवर्षदेखि प्रेम सम्बन्ध थियो। लामो समयदेखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न चाहेकी सावित्रा शनिबार विष्णुदेवको घर आउँदा अर्कै युवती उनको साथमा देखेपछि बेचैन भएर भोलिपल्टै आत्महत्याको दुखद बिकल्प रोजेको प्रहरी अनुसन्धानले देखाएको छ।  

घरको बलोमा सलको पासोले आत्महत्या गरेकी सावित्रालाई आत्महत्या गर्न बाध्य पारेको परिवारजनको किटानी जाहेरीका आधारमा विष्णुदेवलाई पक्राउ गरी अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख एसपी सुभासचन्द्र बोहराले बताए। उनीविरुद्ध मृतकका बुवा देवनारायण चौधरीले ‘आत्महत्या गर्न दुरुसाहन गर्न नहुने’ शीर्षकमा जाहेरी दिएका छन्।  

नेपाल विद्युत प्राधिकरण शाखा बेलटारमा कार्यरत इलेक्ट्रिसिएन विष्णुदेव र सावित्राको प्राधिकरणमै डेढवर्षअघि चिनजान भएर सम्बन्ध विस्तार हुँदै आएको र पछि बिहे गर्ने टुंगोमा पुगेको पाइएको छ। उनीहरु बिहे गर्ने राजी भएपछि सातादिनअघि मात्र हाललाई सँगै बस्न दिने र लगन आएपछि औपचारिक बिवाह गर्नेगरी लेखापढीसमेत भएको प्रहरीले जनाएको छ।  

उनीहरुलाई हाललाई ‘श्रीमान श्रीमतिको हैसियत’मा बस्न दिने र लगन आएपछि बिहे गर्नेगरी साउन १९ गते समाजको रोहबरमा कानुन व्यवसायीले समाजको रोहवरमा कागज गरिदिएपछि शुक्रबार सावित्रा विष्णुदेवको घर गएको प्रहरी भनाई छ। तर, घर पुग्दा विष्णुदेवसँगै अर्कै युवती रहेको पाएपछि सावित्राले आत्महत्याबो बाटो रोजेको प्रहरी बताउँछ। प्रारम्भिक अनुसन्धानले विष्णुदेव ती अर्की युवतीसँग पनि ५ वर्षदेखि प्रेम सम्बन्धमा रहेको देखाएको छ।  

पञ्जियारमाथि ‘मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को आत्महत्या दुरुत्साहनसम्बन्धी कसुर’ अनुसार कारबाही अघि बढाउने तयारी भईरहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २६ श्रावण २०७८ ०६:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App