५ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ७२ वर्षीय वृद्ध पक्राउ

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गोरखाको अजिरकोट गाउँपालिकाबाट ७२ वर्षीय लेखनाथ खनाल पक्राउ परेका छन्।

मादक पदार्थ सेवन गरी बालिकालाई साउन २३ गते घरमै बलात्कार गरेको आरोपमा पक्राउ परेका वृद्धलाई जबरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरिएको डिएसपी प्रकाश दाहालले बताए। पीडित बालिकाले आमालाई घटनाबारे बताएपछि उनले प्रहरीमा उजुरी गरेकी थिईन्। 

प्रहरीले साउन २४ गते उनलाई पक्राउ गरेको थियो। सोमबार गोरखा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ श्रावण २०७८ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App