२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जबर्जस्ती विवाह गर्ने परिवारको निर्णयविरुद्धमा मुस्लिम किशोरी

किशोरीद्वारा सुरक्षाको माग

विवाह गर्ने प्रस्ताव अस्वीकार गरि साथीको घरमा शरण लिएर बसेकी खदिजा खातुन । तस्बिर: नागरिक

कक्षा सात पूरा गरेलगत्तै पढाई रोकेर जबर्जस्ती विवाह गरिदिने परिवारको प्रस्ताव अस्वीकार गरेकी सुनसरी दुहवीका मुस्लिम किशोरीले सुरक्षाको माग गरेकी छन्। दुहवी वडा नं. ८ की खदिजा खातुनले अभिभावकको प्रस्ताव अस्वीकार गरेकाले गर्दा सुरक्षाको माग गरेकी हुन्। उनले पढेर आत्मनिर्भर भएरै छाड्ने अनि विवाह गर्ने संकल्प लिएकी छन्।  

आफ्नो इच्छा विपरीत विवाह गर्ने योजना बनाएपछि किशोरी अहिले विराटनगरमा साथीको घरमा शरण लिएर बसेकी छन्। खदिजा असार दोस्रो सातादेखि साथीको घरमा शरण लिएर बसेकी हुन्। साथीको घरमा बसेपछि परिवारकै सदस्यबाट आफू असुरक्षित भएको उनले बताइन्। खदिजाले आफू सुरक्षित रहेकाले खोजी नगर्न र प्रहरीसमक्ष उजुरी नदिन पनि परिवारका सदस्यलाई अपिल गरेकी छन्।  

उनले विवाह नगर्ने उच्च शिक्षासम्म पढ्न पाउनु छोराछोरीको समान अधिकार भएको र छोरीलाई शिक्षा दिने बाबुआमा भगवान हुन् भनेर अभिभावकलाई सम्झाउने प्रयास गरिन्। उनको भनाईमा अभिभावक सहमत भएनन्। 

अन्तत: विवाह गर्ने टुंगो लागेपछि उनी भागेर साथीको घरमा शरण लिएर बस्न बाध्य भएको बताइन्।

मुस्लिम समुदायका छोरीको सानैमा विवाह गरिदिने र बाहिर हिँड्डुलमा प्रतिबन्ध लगाउनुपर्छ भन्ने मानसिकता अहिले पनि कायमै छ। अहिलेको संविधानमा लिङ्गकै आधारमा भेदभाव नगर्ने उल्लेख गरेको छ।

प्रकाशित: २१ श्रावण २०७८ १४:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App