२० मंसिर २०७८ सोमबार
समाज

कपिलवस्तु अदालतमा ३८ प्रतिशत मात्र मुद्दाको फैसला

कपिलवस्तु अदालतमा गत आर्थिक वर्ष २०७७/०७८ मा ३८ दशमलव २२ प्रतिशतमात्र मुद्दाको फैसला गरिएकोे छ। गत वर्ष अघिल्लो आर्थिक वर्ष जिम्मेवारी सरेर आएको र नयाँ मुद्दा दर्ता गरी कूल ३ हजार ५९ मुद्दा थियो। त्यसमध्ये १ हजार १६८ मुद्दाको किनारा लागेको हो।

अदालतका श्रेस्तेदार हिरण्यप्रसाद भन्डारीका अनुसार गत आर्थिक वर्षमा  १ हजार ६६० मुद्दा दर्ता भएका थिए। यस्तै अघिल्लो आर्थिक वर्षबाट १ हजार ३९६ मुद्दा जिम्मेवारी सरेर आएका थिए। आर्थिक वर्ष २०७६/०७७ मा  अदालतमा ४४ दशमलव ८ प्रतिशतमात्र मुद्दा फर्छौट भएको थियो। गत वर्ष देबानीतर्फ ८ सय १७ फर्छाैट भएको र १ हजार २५६ फर्छौट हुन बाँकी छ।

सरकारवादी २ सय १३ फर्छौट र २ सय ६४ बाँकी छ। दुनियाँवादी फौजदारीमा १ सय १६ फर्छौट भएको र ३ सय ३० फर्छौट हुन बाँकी छ। पुनरावेदन देवानीमा ४ फर्छौट र १४ बाँकी छ। सरकारवादी फौजदारी पुनरावेदनमा २ वटा मुद्दा फर्छौट हुन बाँकी छन्। बन्दी प्रत्यक्षीकरणमा ५ वटै फर्छौट भएका छन्। निषेधाज्ञामा १३ फर्छौट र २२ बाँकी छन्। ७० प्रतिशत बढी मुद्दा फर्छौट गर्ने लक्ष्य रहे पनि कोरोना भाइरसका  कारण अदालतको कामकाज समेत प्रभावित भएको श्रेस्तेदार भण्डारीले बताए।

अधिकांश मुद्दाहरु एकदेखि ढेड वर्षभन्दा कम अवधिका रहेकोले यस वर्र्ष प्राथमिकताका साथ काम अघि बढाइने उनले बताए।मुद्दा र रिट गरी गत वर्षको १ हजार ८८८ लगत यस वर्ष जिम्मेवारी सरेर आएको छ।

प्रकाशित: १६ श्रावण २०७८ १७:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App