२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

विदाका दिन सरकारी सवारी साधन दुरुपयोग

जिल्ला प्रहरी कार्यालय खोटाङले सार्वजविक विदाका दिन बिना पास चलाइएको चार वटा मोटरसाईकल नियन्त्रणमा लिएको छ। 

शनिबारका दिन बिना पास चलाइएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर स्वास्थ्य शाखाको को २ ब ९९७ नम्बरको, लोकसेवा आयोग शाखा कार्यालय खोटाङको प्र ३–२–१ ब १५३० नम्बरको, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय खोटाङको बा२ब ७९७० नम्बरको र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको बा २ ब ८१९३ नम्बरको मोटरसाईकल नित्रयन्त्रणमा लिएको हो। 

बिना पास सरकारी सवारी साधन चलाएर दुरुपयोग गरेको पाइएकाले जिल्ला प्रहरी कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङबाट खटिएका प्रहरीको टोलीले नियन्त्रणमा लिएको जनाएको छ।  

नियन्त्रणमा लिइएको सरकारी सवारी साधनलाई आगामी दिनमा दुरुपयोग नगर्ने शर्तमा छाडिएको जिल्ला प्रहरी कार्यालयले प्रेस विज्ञाप्तीमार्फत जानकारी दिएको छ। विदाका दिन पनि बिना पास सरकारी सवारी साधन चलाउने गरेको गुनासोकाबिच प्रहरीले त्यस्ता सवारी साधन नियन्त्रणमा लिएको हो। 

प्रकाशित: ४ श्रावण २०७८ ०६:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App