१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

दुर्घटनामा वडा सदस्यको निधन

 मोटरसाइकल दुर्घटनामा परी इलामको माङ्सेबुङ गाउँपालिका–४ का वडा सदस्य ३६ वर्षीय धनबहादुर राईको निधन भएको छ।  दमक–रवि सडकमा मे८प ६०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा उनको निधन भएको हो। 

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार मोटरसाइकल अनियन्त्रित भई रतुवा पुलनजिक सेतेभिरबाट खस्दा राईको टाउकामा गम्भीर चोट लागेको थियो।  उपचारका लागि झापाको बिएन्डसी अस्पताल पु¥याएपछि चिकित्सकले राईलाई मृत घोषणा गरेको डिएसपी गंगाबहादुर थापाले बताए।

प्रकाशित: १ श्रावण २०७८ ०३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App