८ वैशाख २०८१ शनिबार
समाज

ज्येष्ठ नागरिक घरभेट कार्यक्रम गर्दै नगरपालिका, मेयरले भेटे १०५ वर्षीया आमा

चाँगुनारायण नगरपालिकाका मेयर तथा उपमेयरलगायतले घरघरै पुगेर ज्येष्ठ नागरिक भेट गरेका छन्।

राष्ट्रको सम्पत्ती र अनुभवका खानीका रुपमा रहेका ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्न र उनीहरुलाई परेको समस्या समाधानका लागि नगरपालिकाले ज्येष्ठ नागरिक भेटघाट कार्यक्रम बनाएको हो।

सोही कार्यक्रम अन्तर्गत सोमबार नगरप्रमुख सोमप्रसाद मिश्र र उप नगरप्रमुख बिना बास्तोलाले चाँगुनारायण नगरपालिका वडा नं. ६ का १ सय ५ वर्षीया ज्येष्ठ नागरिक(आमा) सँग भेटघाट गरेका छन्।

नगर प्रमुखको नेतृत्वमा गएको टोलीले नगरकोट फेदीका सुनकान्छी लामिछानेसँग भेट गर्दै भलाकुसारी समेत गरेका छन्।

नगरपालिकाका अनुसार लामिछाने नै नगरपालिकाभरका सबैभन्दा ज्येष्ठ नागरिक हुन्।

नगरपालिकाले ज्येष्ठ नागरिकको हितका लागि ‘ज्येष्ठ नागरिकको ओठमा खुसी नगरको चाहना’ नामक कार्यक्रम तय गरेको छ। भेटमा नगरपालिकाले ज्येष्ठ नागरिक लामिछानेलाई सिरक, डस्ना, तन्ना, सिरानी, खास्टो, हर्लिक्स, जुस, बिस्कुट र कर्न प्रदान गरेको नगरपालिकाको महिला, बालबालिका शाखाकी अधिकृत आशा माझीले बताइन्।

ज्येष्ठ नागरिकहरुप्रति निभाउनु पर्ने भूमिकाबारेमा सचेतना जगाउनका लागि नगरपालिकाले उक्त कार्यक्रम तय गरेको हो।

प्रकाशित: २८ असार २०७८ १५:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App