२० असार २०८१ बिहीबार
image/svg+xml
समाज

भिरबाट लडेर एकजनाको मृत्यु

रोल्पामा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। सोमवार बेलुका साढे ८ बजेतिर फुपुको घरबाट ससुराली जाँदै गरेका माडि गाउँपालिका ३ का २६ वर्षीय मनप्रशाद घर्तीमगरको मृत्यु भएको प्रहरीले जनाएको छ। 

माडि गाउँपालिका ३ हिलेमा मृत्यु भएका मगरको बिहान ६ बजेतिर शव भेटिएको थियो। रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीका अनुसार उनको शव पोष्टमार्टमका लागि रोल्पा अस्पताल ल्याईँदै छ। उनले प्रहरी निरिक्षकको टोली बिहानै घटनास्थल पुगेको बताउँदै घटनाबारे अनुसन्धान सुरु गरिएको बताए। 

प्रकाशित: २८ असार २०७८ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App