१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सिरुटारको चमेली वनमा पुरुषको शव फेला

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटार चमेली वनमा एकजना पुरुषको लाश फेला परेको छ। एकिन नामथर वतन नखुलेको पुरुष मृत अवस्थामा फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।  

महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रनि पञ्चलाल गोलेको कमाण्डमा अनुसन्धान अधिकृतसहितको टोली घटनास्थलमा पुगी हेर्दा हरियो ज्याकेट, सुन्तला रंगको हापप्यान्ट र कालो जुत्ता लगाएको, बायाँ हातमा मेडिकलको ब्यान्डेज बाँधेको, घाँटीमा टेलिफोनको लाईन जोड्न प्रयोग हुने खालको तार बाँधेको र उक्त तार चिलाउनेको हाँगोमा बाँधेको अवस्थामा रहेको साथै हागो भाँच्चिएर भुईमा झरेको अवस्थामा फेला परेको परिसरले जनाएको छ।  

अन्दाजी ५/७ दिन अगाडि झुण्डी मृत्यु भएको सड्न गल्न थालेको दुर्गन्धित अवस्थामा नामथर वतन नखुलेको अन्दाजी ४०।४२ बर्षको जस्तो देखिने पुरुष व्यक्तिको लाश रहेको देखिन आएको परिसरका सूचना अधिकृत दीपक गिरीले जनाए।  घटनास्थल तथा लाश जाँच प्रकृति मुचुल्का कार्य सम्पन्न पश्चात लाश पोष्टमार्टमका लागी के।एम।सी। अस्पताल दुवाकोट भक्तपुर पठाइएको जनाइएको छ। 

घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ। साथै, उल्लेखित हुलिया भएको मृतकको आफन्तजनहरु हालसम्म पनि सम्पर्कमा नआएकोले कोही कसैले चिनेमा तुरुन्त कार्यालयको मोवाइल नं. ९८५१२८३०२०, फोन नं. ०१–६६१४७०८ मा सम्पर्क गरी प्रहरी अनुसन्धान कार्यमा सहयोग गरिदिनु पनि प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित: २१ असार २०७८ ०४:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App