२३ वैशाख २०८१ आइतबार
image/svg+xml
समाज

एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

मोरङको टंकिसिनवारीमा रहेको एक एटिएम मेसिन तोडफोड गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुढीगंगा गाउँपालिका–२ स्थित टंकिसिनवारीमा रहेको एनआइसी एसिया बैंकको एटिएम मेसिन तोडफोड गर्दैगर्दा २ जनालाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ।  

सोमबार दिउँसो पौने ३ बजेतिर हाते औजार (फलामको हतौडा, छिनो, पेचकस)को सहायताले मेसिन तोडफोड गर्दैगर्दा दुहबीका २ जना युवा पक्राउ परेको निमित्त मोरङ प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले जानकारी दिए।  

सुनसरी दुहबी नगरपालिका–९ का २४ वर्षीय मो. इम्तियाज र सोही ठाउँका २५ वर्षीय मो. अनिष हुसेनलाई एटिमएम मेसिन तोडफोड गर्दैगर्दा पक्राउ गरेको र उनीहरुविरुद्ध चोरी उद्योग कसुरमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १४ असार २०७८ १२:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App